ABOUT FILM AWARDS

नेपाली कलाकारको पहिचान तथा नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न कामनाले खेल्दै आएको अहं भूमिकाका बारेमा जगजाहेर छ । यससंगसंगै यस क्षेत्रमा संलग्न कलाकार र यो क्षेत्रको सामाजिक प्रतिष्ठा र ख्याति बृद्धि कामनाको अर्को लक्ष्य हो । यसै कुरालाई मनन् गर्दै कामनाले ३० प्रवेश गरेको अवसरमा हामी कामना फिल्म अवार्ड गरेर यसको थालनी गर्दैछौं ।

कलाकार तथा यो क्षेत्रले पनि शुरुदेखि नै कामना फिल्म अवार्ड आयोजनाको माग गर्दै आएको स्मरण म यहांनिर गराउन चाहन्छु । कलाकारहरुले स्वस्थ र व्यबसायिक अवार्डका लागि कामना फिल्म अवार्ड गनुपर्ने माग र सुझाव एकै साथ गर्दै आएको लामो समयपछि ढिलै भए पनि हामी त्यसको सम्बोधन गर्न गइरहेका छौं । ३० वर्षो कामनाको आंखाले हर्ेदा संख्याका हिसाबले धेरै चलचित्र भए पनि, यो क्षेत्रले उद्योगको मान्यता पाए पनि गुणात्मक विकास भने हुन सकेको छैन । यस पर्रि्रेक्ष्यमा कलाकार, प्राविधीक, निर्देशकलगायत सबै विधाको गुणात्मक विकासमा प्रेरित गर्न तथा नेपाली चलचित्रको अन्तराष्ट्रिय पहुंच र पहिचान दिलाउनका लागि कामना फिल्म अवार्डले केही न केही भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं । कामना फिल्म अवार्डकै कारण सबै कुरा भइहाल्छ भन्ने हाम्रो भनाई र मान्यता होइन । तर समग्रमा नेपाली कलाकार र चलचित्रको गुणात्मक विकासमा यसले विस्तारै केही न केही बल पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ ।

कामना फिल्म अवार्ड नामले कामनाको भएजस्तो लागे पनि वास्तवमा त्योभन्दा बढी यो सबै कलाकार र चलचिकर्मीको आफ्नै अवार्ड हो । तर्सथ यसलाई नेपाली चलचित्र क्षेत्रको मानक अवार्डका रुपमा स्थापित गर्दै आफुले आपै+mलाई सम्मान गर्ने वातावरण निर्माणका लागि सबै कलाकार प्राविधीकलाई सहकार्य र साथका लागि आब्हान गर्दै नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले कामना फिल्म अवार्ड अझै स्तरीय र भव्य हुन्छ भन्ने विश्वास हामीले गरेका छौं ।