मनोनयनमा रोचकता



दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोयनमा परेका छन् भने सोही फिल्मबाट कथा र पटकथाको मनोनयमा पनि परेका छन् । संवादमा छक्का पञ्जाबाटै उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धि तामाङ हास्य कलाकारको मनोनयमा छन् ।
टीका पहारी र गौरव पहारीको बाबुछोरा सहअभिनेताको एउटै विधाको मनानेयनमा
परेका छन् ।

ताराप्रकाश लिम्बु वीरविक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् ।
पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट–२ बाट छायाँकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ फिल्मबाट नृत्य निर्देशक, यसकुमार एउटै फिल्म बाटोमुनिको फूलबाट कथा, पटकथा र संवाद गरी ३ विधा, हेमराज बीसी गाजलुबाट कथा, पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नवनिर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी कथा तथा सुरेन्द्र पौडेल गाजलु र लुट–२ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्यान्डल र गाजलुबाट शृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट–२ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन् ।

उत्कृष्ट ५ को मनोनयन गर्ने व्यवस्था भए पनि पाश्र्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूची आएको छ ।
केवल एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेतृ तथा सृष्टि नवअभिनेतृको मनोनयनमा समेत छन् । वर्षा छक्का पञ्जाबाट सहअभिनेतृ विधाको मनोनयमा पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्